जोखिम ख्याल गरेर लगानी गर्न धितोपत्र बोर्डको अनुरोध

-



     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ जेठ। नेपाल धितोपत्र बोर्डले जोखिम ख्याल गरेरमात्र लगानी गर्न अनुरोध गरेको छ।

पछिल्लो समय धितोपत्रको प्राथमिक र दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या बढिरहेको तथा कारोबार रकम र कारोबार संख्या समेत बढेको भन्दै बोर्डले जोखिम बहन गर्नसक्ने गरी मात्र लगानी गर्न अनुरोध गरेको हो।

धितोपत्रमा लगानी गर्ने लगानीकर्तालाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीको हरेक पक्षको जानकारी लिन पनि बोर्डले अनुरोध गरेको छ।

पछिल्लो समय धितोपत्रको दोस्रो बजारमा कारोबार वृद्धिसँगै शेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु आएकाले त्यसमा पनि अध्ययन थालिएको बोर्डले जनाएको छ।