सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो, चाँदी ५ रुपैयाँ घट्यो

-



     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ जेठ। बुधबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको छ।

बुधबार सुन तोलाको ९४ हजार २ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ।

तोलामा ५ रुपैयाँ घटेर बुधबार चाँदी तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।