३ हजारकाे उच्च विन्दुमा पुगेर नेप्से ओरालो लाग्यो

-



     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ जेठ । साताको चौथो दिन बुधबार नेप्सेमा दोहारो अंकको गिरावट आएको छ । मध्यान्हसम्म सकारात्मक यात्रामा हिडेको नेप्से परिसूचक २०.५९ अंकले बृद्धि भएर २९८०.७३ विन्दु हुँदै सवा १ वजेसम्म आउँदा ३००५ विन्दुमा पुगेकाे थियाे । तर दिउँसो दुई वजेपछि भने ओरोलो लाग्यो । शेयर बजार बन्द हुँदासम्म १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा रोकियो ।

नेप्से ०.४६ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा पुग्यो । हुन त शेयरबजार खुल्ला रहँदासम्म घट्ने र बढ्ने दुबै संभावनाहरु जिवितै हुन्छन् । सूचकहरुमा छिनछिनमा दृश्य परिवर्तन पनि हुन सक्ने अवस्था कायमै हुन्छ ।

दिउँसो साढे २ वजेसम्म आउँदा नेप्सेमा भारि गिरावट आयो । नेप्से २५.१३ अंकले घटेर २९३५ विन्दुसम्म पुग्यो । नेप्से ०.८५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ४.३३ अंकले घटेर ५२३.७७ विन्दुमा पुगेको थियो ।

साताको चौथो दिन बुधबार कुल २२१ कम्पनीको शेयर कारोबार भएको छ । ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयरको कारोबार भएको छ । यसबाट १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, माइक्रोफाइनान्स र लगानी उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ ।

यस्तै व्यापार, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडेको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ८५ करोड ४५ लाख २६ हजार ५४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।