
काठमाडौं, २७ जेठ । अलैंचीको मूल्य बढेको छ । अहिले अलैंची प्रतिमन ३५ हजार रुपैयाँसम्म कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
यस वर्ष सिजन सुरु भएसँगै बजारमा निस्किएको अलैंची प्रतिमन २३ हजार रुपैयाँसम्म कारोबार भएको थियो ।
निषेधाज्ञायता अलैंचीको मूल्यमा प्रतिमन १२ हजार रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढेकाले नेपालमा यसको मूल्य बढेको व्यवसायीले बताएका छन् ।
नेपाली अलैंचीको माग भारत हुँदै तेस्रो मुलुक पाकिस्तान पुग्ने गरेको छ ।
अहिलेकै अवस्था रहे अलैंचीको मूल्य केही दिनभित्रै प्रतिमन ४० हजार रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ ।
अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली उत्पादनले धान्न सकिरहेको छैन । भारतमा अलैंचीको फसल मरेकाले, नेपाली अलैंचीको माग बढेको र मूल्यमा वृद्धि भएको उनीहरुले बताएका छन् ।
एकपटक फसल मरेपछि तीन वर्षसम्म उत्पादनमा गिरावट आउने भएकाले आगामी वर्ष अलैंचीको मूल्य थप बृद्धि हुने अनुमान छ ।
चालू आर्थिक वर्षको १० महिनामा ६ अर्ब रुपैयाँ बराबरको अलैंची निर्यात भएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रले जनाएको छ । मूल्य वृद्धिलाई स्थिर राख्न सके यस वर्ष ७ अर्ब ५० करोड बढीको अलैंची निर्यात गर्न सकिने अलैंची व्यवसायी महासंघले जनाएको छ ।
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्ममा ५ अर्ब ९९ करोड ११ लाख ३८ हजार बराबरको ७५ लाख ५० हजार ३ सय ९७ किलो अलैंची निर्यात भएको छ ।
यो अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको १० महिनाको अवधिमा ३ अर्ब ३४ करोड २९ लाख ६२ हजार बराबरको ४१ लाख ६१ हजार ९ सय ३ किलो अलैंची निर्यात भएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




