बाढी र पहिरो प्रभावित ९ जिल्लामा ६ करोड ८० लाख निकासा

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ जेठ। संघीय सरकारले गएको वर्ष बाढी र पहिरोले क्षतिग्रस्त बनेको निजी घरको पुननिर्माण र पुनस्थापनाको लागि ९ जिल्लामा ६ करोड ८० लाख निकासा गरेकाे जनाएकाे छ।

गएको वर्ष बाढी र पहिरोले म्याग्दी, स्याङजा, धनकुटा, दार्चुला, भोजपुर, बाजुरा, पर्वत, रुकुम पश्चिम र मोरङमा धेरै क्षती गरेको थियो। यी जिल्लामा रकम पठाउने काम भइरहेको संघीय सरकारले जनाएको हो।

पछिल्लो समय बाग्लुङ, रुकुम पश्चिम र दार्चुलामा रकम पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

कुन जिल्लामा कति रकम ?

बाग्लुङ : २ करोड १५ लाख ५२ हजार ५००

स्याङजा : १ करोड १७ लाख ६७ हजार ५००

म्याग्दी : १ करोड ८ लख ५७ हजार ५००

भोजपुर : ५७ लाख १८ हजार ७५०

बाजुरा : ५१ लाख २७ हजार ५००

पर्वत : ३६ लाख ४५ हजार

रुकुम पश्चिम : ३५ लाख २ हजार ५००

दार्चुला : २२ लाख ७६ हजार २५०

मोरङ : २२ लाख १ हजार २५०