सुन तोलामा तीन सय घट्यो, चाँदी ५ रुपैयाँ बढ्यो

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ जेठ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेको छ ।

बिहीबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा एक सय रुपैयाँ बढेर सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ ।

बिहीबार तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।