हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको हकपद शेयर सुक्षित गर्ने आज अन्तिम मौका

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ जेठ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सुक्षित गर्ने आज अन्तिम दिन हो ।

हकप्रद शेयर निष्काशनको प्रयोजनार्थ कम्पनीले शुक्रबार बुक क्लोज गर्ने बताएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा १०० रुपैयाँ मूल्य अंकित ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डमा अनुमति पाएको थियो ।

जेठ २७ गते आजसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

यस आर्थिक वर्षको तेश्रो त्रैमासम्म कम्पनीले ६३ करोड ८९ लाख मुनाफा कमाएको छ । विभिन्न जलविद्युत आयोजनाहरुमा ३५ करोड ६५ लाख सेयर लगानी गरेको पाईएको छ ।

कम्पनीको चुक्ता पूँजी १६ अर्ब ५० करोड रहेको छ । जगेडा कोषमा १ अर्ब ५७ करोड रहेको छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँ १६ पैसा रहेको छ । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।