नेप्सेमा सामान्य गिरावट, विकास बैंक, फाइनान्स र हाइड्रोमा लगानीकर्ताकाे मोह

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ जेठ । साताको पाँचौं दिन शेयर बजारमा कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार नेप्से ०.०६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने २.५९ अंकले बृद्धि भएर ५२७.८७ विन्दुमा पुगेको छ ।

कुल २२० कम्पनीहरुको शेयर कारोबार भएको छ । ३ करोड ६० लाख ६ हजार ६४४ कित्ता शेयरको खरिदबिक्रीबाट १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर लगानीकर्ताको मोह विकास बैंक, फाइनान्स र हाइड्रोमा देखिएको छ ।

कुल १३ उपसमूहमध्ये ७ उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ । अन्य ६ कम्पनीमा हरियाली छाएको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, नीर्जिवन बीमा, उत्पादन, अन्य र जीवन बीमा उपसमूहको शेयर घटेको हो ।

यस्तै विकास बैंक, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको छ ।

अाज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । कम्पनीको ८३ करोड ९२ लाख २ हजार २४७ रुपैयाँ बराबरको कारोबार भएको हाे ।