वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६ वर्षे अवधिको ‘८.५० प्रतिशत आरबिबिएल, डिबेञ्चर, २०८३’ को लागि आवेदन दिने आज अन्तिम दिन रहेकाे छ ।

बैंकले जेठ २५ गते प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याएको थियो ।

उक्त ऋणपत्रबाट सर्वसाधारणका लागि १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता बाँडफाँड हुने भएको छ । बाँकी रहेको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बैंकले व्यक्तिगत किसिमले बिक्री गर्ने भएको छ ।

कम्तिमा २५ कित्ता र अधिक्तम २ लाख ५० हजार कित्ताका लागि लगानीकर्ताले आवेदन दिन पाउने छन् । यसका लागि सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ ।

जेठ २५ गते जारी ऋणपत्रको बिक्री अवधि चाँडोमा जेठ २८ र ढिलोमा असार ८ गतेसम्म रहेकाे बैकले जनाएकाे छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।