सुन तोलामा ६ सय र चाँदी १५ रुपैयाँ बढ्यो

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ जेठ । हप्तको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा पनि भाउ बढेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १९ सय दशमलव ४० डलर पुगेको छ ।

बिहीबार प्रति औंस १८ सय ८६ दशमलव ४० डलरमा कारोबार भएको सुनको मूल्य शुक्रबार १४ डलरले बढेको हो ।

यस्तै चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १३ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।