एनआईसी एशियाले ३ अर्बको ऋणपत्र बिक्री गर्ने

- ब्याजदर ८.५ प्रतिशत

-



     सफल आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ जेठ । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ ।

बैंकले असार ६ देखि १० वर्षे अवधिको ३ अर्बको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।

ऋणपत्रको वार्षिक ब्याजदर ८ दशमलव ५ प्रतिशत छ ।

ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तरिकाले विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।

प्रतिऋणपत्र एक हजार दरको यो ऋणपत्र छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म बिक्रीमा रहनेछ ।

यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।