३० दिनमा ४० प्रतिशतले रोजगारी गुमाए : अध्ययन

- कर्णाली र बागमती प्रदेशमा धेरै

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



काठमाडौँ, २९ जेठ । ३० दिनमा ४० प्रतिशतले रोजगार तथा नियमित आम्दानी दुवै गुमाएको एक अध्ययनले देखाएको छ।

युनिसेफ नेपालको सहकार्यमा शेयरकाष्ट इनिसियटिभ नेपालले गरेको अध्ययनले निषेधाज्ञामा ४० प्रतिशतले रोजगार तथा नियमित नियमित आम्दानी दुवै गुमाएको देखाएको हो।

४० प्रतिशतले पसल, भाडा, रेमिटेन्स आदीबाट हुने आमदानी गुमाएको प्रतिवेदनमा उल्लेख छ। यस्तै कर्णाली र बागमती प्रदेशमा बसोबास गर्ने धेरैले पछिल्लो ३० दिनमा आम्दानी गुमाएका छन्।

यस्तै अध्ययनले रोजगार वा नियमित आम्दानी मध्ये एक गुमाउने झण्डै ७१ प्रतिशत रहेको उल्लेख गरेको छ।

४६५ महिला र ५४५ पुरुष उत्तरदाता समेटिएको अध्ययनले रोजगारका अवसर प्रदान गर्ने कृषि तथा पर्यटन व्यवसायमा काम गर्ने श्रमिकका साथै दैनिक ज्यालादारीमा काम गर्ने अत्यधिक कामदार नै रोजगारी तथा नियमित आम्दानी गुमाउनेमा सबैभन्दा धेरै भएको देखाएको छ।