
काठमाडौँ, २९ जेठ । विदेशबाट फर्किएका झण्डै ८ सय युवाले ६५ करोडभन्दा धेरै कर्जा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सरकारले विदेशबाट फर्किएका युवालाई दिँदै आएको ‘वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा’बाट ७ सय ८२ जनाले लाभ लिएका बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
उनका अनुसार अहिलेसम्म ६५ करोड २५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । मापदण्ड पूरा गरेका सबैले कर्जा लिन सक्ने ढकालले बताए ।
सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार व्यवसाय गर्न चाहने युवाहरुलाई विभिन्न शीर्षकमा सहुलियत कर्जा प्रदान गर्दै आएको हो ।
तीमध्ये ‘वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा’ पनि एक हो ।
विदेशमा सिकेको सीप, अनुभव तथा केही गर्छुँ भन्ने सोचका साथ व्यवसाय गर्न चाहने युवा लक्षित गरी वैदेशिक रोजगारीबाट फर्किएकालाई युवा परियोजना कर्जा ल्याएको बैंकले जनाएको हो ।
यस अन्तर्गत दश लाख रुपैयाँसम्मको ऋण प्रदान गरिन्छ । ऋणीले सरकारको तर्फबाट पाँच प्रतिशतसम्मको ब्याज अनुदान प्राप्त गर्छन् ।
जसअन्तर्गत बैंक तथा वित्तीय संस्थाको ब्याजदरबाट पाँच प्रतिशत घटाउँदा जति आउँछ त्यति मात्रै ब्याज तिर्नुपर्ने हुन्छ ।
बैंक तथा वित्तीय संस्थाले पनि आफ्नो आधारदरमा दुई प्रतिशतभन्दा बढी थप्न नपाउने व्यवस्था कार्यविधिमा उल्लेख छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




