नेपालको उच्च शिक्षा सुधार्न ७ अर्ब सहयोग गर्ने विश्व बैंकको घोषणा

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ जेठ। विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

विश्व बैंकले विज्ञप्ती निकालेर नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको हो। यो रकम ७ अर्ब २ करोड रुपैयाँ हुन आउँछ।

शुक्रबार बसेको बोर्ड अफ डाइरेक्टरको बैठकले सो रकम अनुमोदन गरेको विश्व बैंकले जानकारी दिएको छ।

बैंकले अनलाइन सिकाइमा जोड दिन र विपन्न वर्गका विद्यार्थीमा शिक्षाको पहुँच पुर्याउन रकम सहयोगको घोषणा गरेको बताएको छ।

बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका निर्देशक फरिस हदाद जर्भोसले कोरोना महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई महसुस गर्दै सहयोगको घोषणा गरेको बताएका छन्।