३८.३२ अंकले बढ्यो नेप्से, १९ अर्ब ५५ करोड बढीको कारोबार

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० जेठ । साताको पहिलो दिन आइतबार आज शेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । कारोबारको बृद्धि संगसंगै सूचकहरुमा नयाँ रेकर्ड कामय भएको छ ।

नेप्से परिसूचक ३८.३२ अंकले बृद्धि भएर २९८३.१० विन्दुमा पुगेको छ । नेप्से १.३० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ११.५४ अंकले बृद्धि भएर ५३९.४१ विन्दुमा पुगेको छ ।

कुल २२० वटा कम्पनीको शेयर कारोकार भएको छ । ३ करोड, ७० लाख ७६ हजार ४३९ कित्ता शेयरको कारोबारबाट १९ अर्ब ५५ करोड १६ लाख ६ हजार ६३६ रपैयाँ बराबरको भएको छ ।

१३ उपसमूहमध्ये ६ वटामा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ । व्यापार, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको शेयर घटेको हो ।

यस्तै, बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, उत्पादन र लगानी समूमा हरियो लागेको छ । उनीहरु सबैको शेयर बढेको छ ।

कारोबारको आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी सबैभन्दा अगाडी देखिएको छ । कम्पनीको ६६ करोड ९० लाख ९५ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।