थपिए २४०७ संक्रमित, ४६ को मृत्यु

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० जेठ । नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी पछिल्लो २४ घण्टामा पीसीआरतर्फ १६ सय ९४ र एन्टीजेनतर्फ ७ सय १३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । काठमाडौं उपत्यकामा मात्र ६ सय ५३ जना संक्रमित थपिए।

तीमध्ये काठमाडौंमा ४ सय ८३, ललितपुरमा १ सय १२ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गएको २४ घण्टामा ३ हजार ९ सय ९४ जना डिस्चार्ज भएका छन्। यसैगरी, थप ४६ जनाको निधन भएको छ ।