
काठमाडौं, ३१ जेठ। काठमाडौं महानगरपालिकाले आज र भोलि ६० र ६१ वर्षका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ।
यसअघि गत शुक्रबार र शनिबार खोप लागाउने भनिएपनि खोप अभावमा स्थगित गरिएको कार्यक्रम आज र भोलि संचालन गर्न लागिएको हो।
महानगरपालिकाले पुरानै कार्यक्रम अनुसार सोमबार र मंगलबार ६० र ६१ वर्षका व्यक्तिलाई चाइनिज भेरोसेल खोप लगाउन लागेको हो।
खोप लगाउन चाहनेले बिहान १० देखि दिउँसो ४ बजेभित्र वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगंज, विरेन्द्र सैनिक अस्पताल, छाउनी र निजामती कर्मचारी (सिभिल) अस्पताल नयाँ बानेश्वरमा जानुपर्नेछ।
यस्तै महानगरपालिकाले ६० देखि ६१ उमेर समुहसँगै यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड १९ विरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नरसिंग र पारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप दिइने उल्लेख गरेको छ।
खोप लगाउन जाने व्यक्तिले आफ्नो नागरिकता वा कुनै सरकारी निकायले उपलब्ध गराएको उमेर खुल्ने प्रमाण पत्र लिएर जानुपर्नेछ ।
गत मंगलबारदेखि उमेर समुह छुट्याएर सुरु खोप कार्यक्रम तीन दिनमै स्थगित गरिएको थियो।
महानगरपालिकाले तीन दिनमा २८ हजारलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाएको थियो।









पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




