सोमबार अमेरिकी डलरको सटही दर स्थिर, अरुको कति ?

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमय दर तोकेको छ।

राष्ट्र बैंकले सोमबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ६२ पैसा र बिक्री दर ११७ रुपैयाँ २२ पैसा तोकेको छ।

आइतबार पनि अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ ६२ पैसा र बिक्री दर ११७ रुपैयाँ २२ पैसा नै थियो ।

अमेरिकी डलरको सटही दर स्थिर भएपनि अरुको भने घटबढ भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ २० पैसा र बिक्री दर १४१ रुपैयाँ ९३ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ५२ पैसा र बिक्री दर १६५ रुपैयाँ ३७ पैसा तोकिएको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०९ रुपैयाँ ३६ पैसा र बिक्री दर ३१० रुपैयाँ ९५ पैसा, कुवेती दिनार १ को खरिद दर ३८७ रुपैयाँ ६४ पैसा र बिक्री दर ३८९ रुपैयाँ ६३ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ७५ पैसा र बिक्री दर ३१ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७५ पैसा र बिक्री दर ३ रुपैयाँ ७७ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ २ पैसा र बिक्री दर ३२ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ १० पैसा र बिक्री दर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ।