राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने, आज बोलकबोल

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ जेठ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब रूपैयाँ र ३६४ दिनको अवधिको लागि ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

९१ दिनको ट्रेजरी बिल २०७८ भदौ २९ गते परिपक्क हुनेछ भने ३६४ दिनको ट्रेजरी बिल २०७९ साल जेठ ३१ गते परिपक्क हुनेछ ।

ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोलमार्फत बिक्री गर्ने राष्ट्र बैंकको तयारी छ ।