सुन तोलामा ७ सय र चाँदी ५ रुपैयाँ घट्यो

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ जेठ। सोमबार सुनचाँदीको मूल्य घटेको छ।

सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार सुन तोलाको ९३ हजार २ सय रुपैयाँमा झरेको छ।

आइतबार तोलामा ६ सय रुपैयाँ घटेर सुन तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेकाले नेपालमा पनि प्रभाव परेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबारको तुलनामा सोमबार सुन प्रति औंस १८ डलरले घटेको छ।

महासंघका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १८ सय ६२ दशमलव ९० डलरमा कारोबार भएको छ।

यसअघि आइतबार सुन प्रति औंस १८ सय ७८ डलरमा कारोबार भएको थियो।

यस्तै सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ। चाँदी तोलाको १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।