अमेरिकी डलरको सटही मूल्य उकालो लाग्दै, अरुको कस्तो ?

-



     सफल आवाज    
     असार २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ असार । अमेरिकी डलरको मूल्य उकालो लाग्दै गएको छ ।

केहीदिनयता डलरको मूल्य उकालो लाग्दै गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार मूल्य बढेर अमेरिकी डलर १ को खरिद दर ११७ रुपैयाँ १ पैसा र बिक्री दर ११७ रुपैयाँ ६१ पैसा तोकिएको छ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ८५ पैसा र बिक्री दर १४२ रुपैयाँ ५८ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ५७ पैसा रहेको छ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३१० रुपैयाँ ४० पैसा र बिक्री दर ३११ रुपैयाँ ९९ पैसा, कुवेती दिनार १ को खरिद दर ३८८ रुपैयाँ ८२ पैसा र बिक्री दर ३९० रुपैयाँ ८१ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ८६ पैसा र बिक्री दर ३२ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३ रुपैयाँ ७७ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ १३ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ २० पैसा र बिक्री दर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ।