
जनकपुरधाम, २ असार । मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । एसआरजे समूहद्वारा ७ करोड़को लागतमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ मा स्थापना गरिएको सो ग्यास उद्योगबाट दैनिक ४ सय ५० वटा सिलिण्डर अक्सिजन उत्पादन हुने जनाइएको छ ।
सो अवसरमा मुख्यमन्त्री राउतले अक्सिजन उद्योगको स्थापनाले यस क्षेत्रमा अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गरे । उनले उद्योग स्थापना गर्ने सञ्चालकहरूलाई धन्यवाद दिदैं कोरोना महामारीसँग जुध्नमा अक्सिजन महत्वपूर्ण रहेको धारणा पनि राखे ।
एस आर जे समूहका अध्यक्ष शिवनन्दन साहको सभापतित्वमा भएको सो समारोहमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य करिना बेगम, पूर्व कृषि मन्त्री हरिनारायण यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाको सहभागिता रहेको थियो ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




