
काठमाडाैं । वेल्सका रग्वि युनियन खेलाडी ज्याक डिक्शनले भनेका छन् – यदि तिमीले नतिजामा ध्यान दियौं भने तिमी कहिल्यै पनि परिवर्तन हुंँदैनौं, यदि तिमिले परिवर्तनमा ध्यान दियौ भने तिमीले नतिजा पाउनेछौं ।
ज्याकले नतिजाको लागि परिवर्तनमा ध्यान दिन सुझाव दिएका छन् । परिवर्तनले नयाँ नयाँ र राम्रो नतिजा दिईरहेको हुन्छ । यस भनाइमा परिवर्तनको अर्थ धेरै लगाउन सकिन्छ । तर, यसलाई सोचमा परिवर्तन भन्ने अर्थ लगाइएमा साेच्ने तरिकामा परिवर्तन गरिएमा मानिसले नतिजा प्राप्त गर्न सक्छ र कुनै न कुनै अर्थमा जित हासिल प्राप्त गरिरहेकै हुन्छ ।
सामान्यतय जित भन्नाले प्रथम हुनु वा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । तर सबै ठाउँमा र सबै परिस्थितिमा यो लागु नहुन सक्छ । रुघाले ग्रस्त मानिसको लागि अलि अलि बोल्न सक्नु नै जित हुन सक्छ भने सामान्य मानिसलाई सामान्य बोलचाल गर्न सक्नु नै जित हुन सक्ला भने एउटा भाषण प्रतियोगितामा गएको मानिसलाई एकदमै उर्जाको साथ बोल्नु नै जित हुन सक्ला ।
यदि यो शब्दले सबै जाति, भाषा, संस्कृति तथा परिस्थितिमा समान हुन्थ्यो भने हामीले कुनै एउटा विदेशी नागरिकले नेपाली बोलेको सुनेर छक्क मान्नु पर्थेन । उनीहरुले नेपाली टोपी लगाएको देखेर दंग हुनु पर्ने थिएन । यदि यस्तो हुन्थ्यो त ति विदेशीले नेपाली बोलेको सुनेर हर नेपालीले आफूलाई फरर नेपाली बोल्न आउने ठानेर आफूलाई निक्कै ठुलो सम्झनुपथ्र्याै, विदेशीले नेपाली टोपी लगाएर रमाएकोमा नेपालीहरुले लगाएको देखेर पनि एकदमै रमाउनुपथ्याैं ।
३ जना एकदमै मिल्ने साथीहरु एउटा म्याराथन दौडमा भाग लिएका थिए । तर दौड अन्य ब्यक्तिले जित्यो। अन्य ब्यक्तिले दौड जिते पनि ती ३ जना ब्यक्तिहरु विजेता जस्तै प्रफूल्लित देखिन्थे । उनीहरुमा हारको कुनै भाव नै थिएन । उनीहरुमा एकदमै आत्मबिश्वास बढेको देखिन्थ्यो । तिनै जनालाई नजिकबाट नियालिरहेका एकजना पत्रकारले प्रश्न गरे– तपाईंहरु म्याराथन दौडमा हारेर पनि यतिधेरै खुसी देखिनुको कारण के हो ?
पहिलो ब्यक्ति – मैले अहिलेसम्म म्याराथन दौडमा भाग लिएको थिइनँ। आज भाग लिने सौभाग्य पाएँ । आज मेरो जिन्दगीको एउटा सपना पुरा भएको छ । त्यसकारण खुसी छु ।
दोश्रो ब्यक्ति – मैले यसअघि हाफ म्याराथनमा दौडमा सहभामी भएको थिएँ तर फूल म्याराथन दौडन सक्छु कि सक्दिन भन्ने आफूलाई नै जाँच्नको लागि यस दौडमा भाग लिएको थिएँ । मैले दौड पुरा पनि गरें र ५ जनाभन्दा अघि नै दौड पुरा गरेर सोचेकाभन्दा बढी सफलता प्राप्त गरें । त्यसैले आज एकदमै खुसी छु ।
तेश्रो ब्यक्ति – मैले यसअघि एउटा म्याराथन दौडमा सहभागी भएको थिएँ र त्याे दौडमा अन्तिम भएको थिएँ । तर आजको दौडमा मैले १५ जना प्रतिस्पर्धीलाई उछिन्न सफल भएँ र दौड पनि पहिलाको भन्दा १० मिनेट अगाडि समाप्त गर्न सफल भएँ । त्यसकारण ममा एउटा विजेताको जस्तो आत्मबिश्वास आएर खुसीकाे सीमा नै छैन ।
माथिको भनाइमा झैं मानिसको दैनिक जीवनका यस्ता घटनाहरु भइरहेका हुन्छन् । तर सोचको कारणले आफूले हारेको ठान्छ अनि निराश बन्छ । माथिका ३ जना ब्यक्तिहरुको जस्तै सोच राख्ने मानिसले कहिल्यै पनि हार्दैन । किनभने, मानिसको हार नतिजाबाट होइन, उसको आफ्नै सोचबाट हुन्छ ।
प्रथम नभए पनि अथवा कुनै पनि काममा जित हासिल नभए पनि खुसी हुनु पर्छ भन्न खोजेको चाँहि होइन। यसको मुख्य सन्देश यदि मानिसले कुनै काम हिजोभन्दा आज राम्रो गरेको छ वा हिजो कुनै कामको थालनी गरेको थिएन र उक्त काम आज सुरु गरेको छ भने यो राम्रो पक्ष हो र उसले आफूलाई आफ्नै नजरमा विजेता सम्झनुपर्छ भन्ने हो ।
सामान्यतया मानिस आफूले सोचे अनुसारको नतिजा प्राप्त नगर्दा निराश हुन्छ । सोचेअनुसारको नतिजा प्राप्त नहुनुको धेरै कारण हुन सक्छन् । जस्तै–गलत साेच वा अनुमान, अपर्याप्त तयारी, अनुकूल वातावरण तथा अन्य । यी सम्पूर्ण कारणमध्ये सबैभन्दा मुख्य र धेरै हुने कारण भने गलत सोच वा अनुमान नै हो । अधिकांश मानिसहरु गलत सोच वा अनुमानले गर्दा चाहेको जस्तो नतिजा प्राप्त गर्न सक्दैनन् । जसको कारणले गर्दा उ निराश हुन पुग्छ ।
अब एउटा तुलनात्मक उदाहरणबाट विश्लेषण गरेर हेरौं । एउटा मानिस कुनै एउटा खेलमा एक जना ब्यक्तिसँग हार्दा दुखी हुन्छ । तर अर्काे ब्यक्तिसँग हार्दा भने खुसी हुन्छ । जुन ब्यक्तिसँग हार्दा दुखी भएको थियो त्यो ब्यक्ति उसको निकट्तम प्रतिस्पर्धी थियो । उसले यसलाई त जसरी पनि जित्नुपर्छ भन्ने साेच बनाएको थियो । तर सोचअनुसारको नतिजा प्राप्त नहुदा दुखी भएको थियो भने जुन ब्यक्तिसँग हार्दा पनि खुशि भएको थियो त्यो ब्यक्ति उसको छोरा थियो । उसले छोरासँग रमाइलो गर्न, छोरालाई खुसी बनाउनका लागि खेलेको थियो ।
माथिको दुवै खेलमा नै उक्त मानिसले जित हासिल नगरेको भए पनि साेच अर्थात उदेश्यको भिन्नताले गर्दा एउटा खेलले उक्त ब्यक्तिलाई निराश बनाएको थियो । अर्काे खेलमा हारकै बावजुद खुसी बनाएको थियो । हारेर पनि उसलाई उसलाई छोरासँग खेलेर छोरालाई खुसी बनाउन सकेकोमा उसको खेलेको उदेश्य पुरा गर्न सफल भएको ठानेको थियो । नतिजा जस्तोसुकै होस् मानिसले त्यसबाट मज्जा लिनको लागि उसले राख्ने प्राथमिकता सोचमा भरपर्छ भन्ने यो उदाहरणले प्रष्ट पारेको छ ।
प्राय मानिस विगतमा रमाउन चाहने र आफ्नो उपलब्धिलाई नजरअन्दाज गर्ने र आफूलाई अन्यसँग तुलना गर्ने बानीले असफल ठान्छन् । उनीहरु आफ्ना साना सफलतामा रमाउन सक्दैनन् । तुलना गर्ने बानीले उनीहरुले एकैपटक ठुलो सफलताको आश गरिरहेका हुन्छन् । जुन प्राप्त गर्न नसक्दा आफैलाई असफल अथवा हरुवा ठान्न थाल्छन् ।
मानिस सफल हुन प्रत्येक दिन, प्रत्येक पल केही न केही सिक्नु अनिवार्य हुन्छ । उमेर बढ्दै जाँदा मानिसको शारीरिक विकास त आफैं हुँदै जान्छ तर शारिरिक विकाससंगै यदि प्रत्येक दिन, प्रत्येक पल केही न केही सिकेर मानसिक विकास गर्न सकेन भने उसले सफलता प्राप्त गर्न सक्दैन । सिकेर अगाडि बढ्न सानो सानो सफलताबाट उत्प्रेरणा लिएर अझ अन्य सफलता प्राप्त गर्न मेहनत गर्नुपर्दछ ।
सानो सफलतालाई नजरअन्दाज गरेर एकैपटक ठुलो सफलताको आश गर्ने मानिस आफूलाई असफल ठान्दै निराश बन्न सक्छ । मानिस निराश बन्नु सबैभन्दा ठुलो भूल हुन्छ किनकि मानिसले अगाडि बढ्न जिन्दगी पाएको हुन्छ । सकारात्मक तरिकाले सोच्न हो भने हर असफलतामा मानिसले कुनै कुरा सिकेकै हुन्छ। त्यसमा पनि कुनै न कुनै सफलता प्राप्त गरेकै हुन्छ ।
मानिसलाई नतिजाले होइन, सोचले हराउँछ ।








चितवन, ४ मङ्सिर । पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्न थालेपछि सवारी…
काठमाडौं, ४ मङ्सिर। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी…
अन्ताल्या (टर्की), ४ मंसिर । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन COP31 को अवसरमा नेपाल आदिवासी जनजाति…
पोखरा, ४ मंसिर । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने… 




