नबिल बैंकको साधारण सभा आज, युनाइटेड फाइनान्स गाभ्ने निर्णय अनुमोदन हुने

-



     सफल आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित


फाइल तस्वीरः नबिल र युनाइटेडबीच भएको सम्झौता पश्चात


काठमाडौं, ५ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने निर्णय साधारणसभाबाट शनिबार अनुमोदन गराउने भएको छ । बैंकको आज शनिबार बस्ने साधारण सभाले युनाइटेडलाई प्राप्ति गर्ने निर्णय अनुमोदन गर्ने भएको हो ।

बैंकको विशेष साधारणले फाइनान्सलाई सम्पत्ति तथा दायित्वमूल्याङ्कन प्रतिवेदन अनुसार कायम हुन आएका फाइनान्सको १०० कित्ता शेयर बराबर बैंकको ३५ कित्ता शेयर अनुपातमा प्राप्ती गर्दैछ ।

सभामा मर्जर तथा पप्तीका लागि भए गरेका सम्पूर्ण कामकारवाहीहरुको अनुमोदन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, र अन्य थप संस्थाहरुसँग पनि मर्जर तथा प्राप्ती प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव सभामा रहेको छ ।