नेपालमा थपिए २ हजार ४ सय कोरोना संक्रमित

-



     सफल आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



काठमाडौं, ५ असार । नेपालमा थप २ हजार ४ सय जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा ४ हजार ६ सय ८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः १ हजार ६ सय ८८ र ७ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६ सय ३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या ५ लाख ५३ हजार ३ सय ४२ पुगेको छ । काेरोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै गत २४ घण्टामा थप ३४ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या ८ हजार ६ सय ५७ पुगेको छ ।