
काठमाडौं, ६ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाममा ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । यसको समयावधि १० वर्ष सम्मको रहेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीका लागि ल्याएको हो । त्यसमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने भएको छ । बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरले बिक्री गरिने भएको छ ।
बैंकका अनुसार ऋणपत्र खरिद गर्नका लागि चाँडोमा असार ९ गते तथा ढीलोमा असार २० गतेसम्म आवेदन दिनुपर्ने छ । यदी असार ९ गतेसम्म माग गरे अनुसारको आवेदन पेश नभएको खण्डमा असार २० सम्म आवेदन दिन पाईने छ ।
ऋणपत्रमा लगानी गर्न चाहने लगानीकर्ताले कममा २५ कित्ता तथा बढीमा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसका लागि सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट आवेदन पेश गर्न सकिने भएको छ ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




