
काठमाडौं, ६ असार । सुनचाँदीको मूल्यमा लगातार गिरावट भएको छ । बितेका तीन दिनमा छपावाला सुनको मूल्य रुपैयाँ ३१०० ले गिरावट भएको हो ।
साताको पहिलो दिन आईतबार आज छापावाला सुन तोलामा ८०० रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले गिरावट भएको छ ।
कारोबार भएको अन्तिम दिन गएको शुक्रबार छापावाला सुन तोलामा १२०० ले घटेको थियो भने त्यसभन्दा अघिल्लाे दिन बिहिबार तोलामा ११०० रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य ९० हजार ३०० रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्यमा १५ रुपैयाँले गिरावट भएको छ । यसरी घटेको चाँदी प्रतितोला १ हजार २९० रूपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




