
काठमाडौं, ७ असार । नागरिक लगानी कोषले वितरण गर्ने १७.८९ प्रतिशत लाभांशका लागि आज लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।
कम्पनीले उक्त लाभांश वितरणको प्रयोजनार्थ असार १८ गते २६ औं साधारण सभा बोलाएको छ । उक्त लाभांश साधारण सभाबाट पारित भएपछि वितरण गरिने भएको छ ।
नागरिक लगानी कोषले साधारण सभा तथा लाभांश वितरणको लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने बताएको छ । यसका लागि आजसम्म नेपाल स्टक एक्सचेन्जमा शेयरको कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । साथै लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।
साधारण सभा कोषको केन्द्रीय कार्यालय बानेश्वर, काठमाडौंमा असार १८ गते दिउँसो २ बोलाईएको छ । सभामा कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर तथा ८.८९ प्रतिशत नगदसहित १७.८९ प्रतिशत लाभांश बितरणको प्रस्ताव पेश गरिने संचालक समितिका सचिव नवराज खड्काले जनाएका छन् ।
कोषको आथिर्क वर्ष २०७७,२०७८ को तेश्रो त्रैमाससम्म खुद मुनाफा ५६.०४ प्रतिशतले बृद्धि भएको छ । चैत्र मसान्तसम्म कोषले ५९ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो वर्ष ३७ करोड ९४ लाख रहेको थियो । चैत्रको मसान्तसम्म कोषको चुक्ता पूँजी १२३.०८ प्रतिशतले बृद्धि भएर ३ अर्ब पुगेको जनाईएको छ । कम्पनीको बाेनस शेयर वितरण गरेपछि चुक्ता पूँजी ३ अर्ब २७ करोड हुनेछ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




