फेरि बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ असार । साताको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । छापावाला सुनमा रुपैयाँ ४०० ले र चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भएको छापावाला सुनमा सोमबार रुपैयाँ ४०० ले बृद्धि भएर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा ५ रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।