नेप्सेमा दोहोरो अंकको गिरावट, १३ वटै उपसमूह राताम्मै

-



     सफल आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ असार । साताको दोश्रो कारोबारको दिन सोमबार शेयर बजारको प्रि ओपन सेसनमा १८.६१ अंकले बढेको नेप्से परिसूचक २९२४.४ विन्दुमा पुग्यो । केहिबेर सकारात्मक लयमा देखिएको नेप्से मध्यान्ह १२ वजेसम्म आउँदा भने दोहोरो अंकले घट्यो ।

उसो त शेयर बजार खुल्ला रहँदासम्म घट्ने र बढ्ने घटनाक्रमहरु भईरहन्छन् । तर केहि अघि नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेको बिज्ञप्तिको कारण नकारात्मक लयमा गएको नेप्सेमा अबका दिन कसरी अगाडीको यात्रामा जान्छ पर्खनै पर्ने भएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से १६.९३ अंकले घटेर २८८८.५२ विन्दुमा पुगेको छ । नेप्से ०.५८ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.३० अंकले घटेर ५२६.२५ विन्दुमा पुगेको छ ।

कुल २०५ कम्पनीको शेयर कारोबार हुँदा ४२ लाख ३० हजार ७०४ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ६४ करोड ५० लाख ७९ हजार ५७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै १३ उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । बैकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरुको शेयर घटेको हाे ।