
काठमाडौं, ७ असार । नेप्सेमा पहिरो जाने क्रम आज पनि रोकिएन । लगातार नेप्सेमा पहिरो जाँदा लगानीकर्ताहरुको उत्साह घटेकाे छ भने नेप्सेका सूचकहरुले सकारात्मक संकेत पनि दिन सकेका छैनन् ।
नेपाल धिताेपत्र बोर्डको बिज्ञप्तिपछि शेयर बजारमा भईरहेको असन्तुलनका बारेमा बोर्डले अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन । अर्कोतिर बजारमा देखिएको असन्तुलनलाई सकारात्मक ट्रयाकमा ल्याउन फेरि पनि लगानीकर्ताहरुकै संयमतापूर्ण व्यवहार हुन जरुरी हुन्छ । शेयर बजारका जानकारहरू भन्छन्, लगानीकर्ताहरूले धैर्यता गुमाउनु हुँदैन । बजार सधैं एकैनासले चलेकाे कहाँ छ र ? त्यसैले संयमित भएर लगानीका लागि अग्रसर हुनुपर्छ ।
साताको दोश्रो कारोबारको दिन सोमबार शेयर बजारको प्रि ओपन सेसनमा १८.६१ अंकले बढेको नेप्से परिसूचक २९२४.४ विन्दुमा पगेको देखियो । केहिबेर सकारात्मक लयमा देखिएको नेप्से मध्यान्ह १२ वजेसम्म आउँदा भने दोहोरो अंकले घट्यो । साथै साेहि स्वरुपको नतिजा बजार बन्द हुँदा पनि देखियो ।
उसो त शेयर बजार खुल्ला रहँदासम्म घट्ने र बढ्ने घटनाक्रमहरु भईरहन्छन् । तर केहिदिन अघि नेपाल धितोपत्र बोर्डले प्रकाशन गरेको बिज्ञप्तिको कारण नकारात्मक यात्रामा गएको नेप्से अबका दिनमा कसरी अगाडीको सफल यात्रामा जान्छ त्यो समय भने पर्खनै पर्ने भएको छ ।
बजार बन्द हुँदाको समयमा आज नेप्से परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा पुगेको छ । नेप्से २.४५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ८.३७ अंकले घटेर ५२०.१८ विन्दुमा पुगेको छ ।
कुल २२७ कम्पनीको शेयर कारोबार हुँदा २ करोड ३० लाख ११ हजार ८२२ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । बैकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरुको शेयर घटेको छ ।
कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडी देखिएको छ । कम्पनीको १ अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




