कोरोना निको हुनेदर हालसम्मकै उच्च

-



     सफल आवाज    
     असार ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ असार । पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो।

सोही अबधिमा ६ हजार ५ सय ८३ को पिसिआर र ४ हजार ३ सय २१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा १ हजार र एन्टिजेनमा ७ सय १३ जना सङ्क्रमित पुष्टि भएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ सङ्क्रमितको मृत्यु भएको छ । सोही अबधिमा देशभर ३ हजार १ सय ३० सङ्क्रमित निको भएका छन् । यो हालसम्मकै निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको छ।