प्रभु सेलेक्ट फण्डको कारोबार आजबाट शुरु

-



     सफल आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ असार । प्रभु सेलेक्ट फण्डको इकाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि आजदेखि दोश्रो बजारमा कारोबार शुरु भएको छ ।

प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सोमबार नेप्सेमा सूचीकृत भएपछि दोश्रो बजारमा कारोबार गर्नका लागि बाटो खुलेको हो ।

यसअघि सर्वसाधारणका लागि १२ करोड ५० लाख इकाई धितोपत्र बिक्री गरिएको थियो । प्रभु सेलेक्ट फण्डको कारोबारको लागि पीएसएफ संकेत दिईएको छ ।