अवी पावरको हकप्रद दिने समयावधि थपियो

-



     सफल आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ असार । अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि निष्कासन गरेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर खरिदका लागि असार १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस अघि असार ९ गतेसम्मका लागि विक्री खुलाको मिति तय गरेको कम्पनीले आवेदन दिने अवधि थप गरेको हो ।

अपिले प्रतिकित्ता रू। १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे हो । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि बैशाख २९ गते एक दिन बुक क्लोज गरेकाले बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात रू। १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको छ । सोही पूँजीको आधारमा अपिले हकप्रद शेयर विक्री गर्न लागेको हो ।