
काठमाडौं, ९ असार । साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० घटेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार २०० रूपैयाँ कायम भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा रुपैयाँ ५ ले गिरावट भई प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ कायम भएको थियो ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




