आज स्थानीय तहहरुको बजेट सार्वजनिक हुँदै

-



     सफल आवाज    
     असार १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० असार। तीन तहका सरकारअन्तर्गत आज स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गर्दैछन् । संघीय सरकारले १५ जेठमा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । यसैगरी प्रदेश सरकारले १ असारमा बजेट ल्याउनुपर्ने व्यवस्था रहेको छ।

१० असार स्थानीय तहका लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले तोकेको समय हो । आजको दिन सिद्धान्ततः बजेट ल्याउनुपर्ने भए पनि कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् ।