लगातार सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर

-



     सफल आवाज    
     असार १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० असार । साताको पाँचौ दिन बिहिबार सुनको मूल्य फेरि घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । छापावाला सुनको मूल्यमा २०० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य स्थिर रहि प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।