
काठमाडौं, १३ असार । साताको पहिलो दिन आईतबार शेयर बजारले उकालोको यात्रा तय गरेको छ । डेढ हप्तापछि शेयर कारोबार भएको पहिलो दिनमा शेयर बजारले सकारात्मक लय लिएपछि लगानीकर्ताहरुमा उत्साह थपिएको हाे ।
विशेष गरेर नेपाल धितोपत्र बोर्डको ५१ कम्पनीमा चलखेलको कारण शेयर मूल्यमा बृद्धि भएको विवरणसहितको बिज्ञप्ति प्रकाशनमा आएपछि शेयर बजारमा निरन्तर गिरावट हुँदै आएको थियो । सूचकांकहरुमा मात्र नभई २० अर्ब नजिक पुगेको कारोबार घटेर ७ अर्बसम्म आईपुगेको थियो ।
नेप्से परिसू्चक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ । नेप्से ०.९६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.७६ अंकले बढेर ५२९.४१ विन्दुमा पुगेको छ ।
कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार गरेका १३ वटा उपसमूहमध्ये ८ वटामा हरियाली छाएको छ । बाँकी ५ वटामा रातो लागेको छ । बैंकिङ, व्यापार, हाइड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाएको छ । यस्तै होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा र जीवन बीमा उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेकाे छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ४० करोड ७० लाख २५ हजार ७९७ रुपैयाँ बराबरको कारोबार कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




