नेप्सेमा दोहोरो अंकको बृद्धि, कतिको भयो कारोबार ?

-



     सफल आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असार । कारोबार हुने साताको दोश्रो दिन सोमबार शेयर बजारले छिनछिनमा स्वरुप परिवर्तन गरेको देखियो । कहिले दोहोरो अंकको गिरावट भयो भने कहिले दोहोरो अंकले बढ्यो । शेयर बजार हुँदासम्म आउँदा भने नेप्से सकारात्मक लयमा देखियो ।

नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५.४९ विन्दुमा पुगेर रोकियो । नेप्से ०.१८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स भने ४.१७ अंकले बृद्धि भएर ५३३.५७ विन्दुमा पुगेको छ ।

कुल २१९ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयरको कारोबार भएको छ । जसबाट ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये बैंकिङ, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहमा हरियाली छाउदैं शेयर भ्यालु बढेको छ ।

व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन र अन्य उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी कारोबार अप्पर तामाकाेशी हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको ६६ करोड ९४ लाख ४८ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।