
काठमाडौं, १५ असार । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड प्रभावित उद्योग व्यवसायलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउनु पर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले अहिले मौद्रिक् नीतिको तयारी गरिरहेको छ । देश अहिले निकै अप्ठेरो परिस्थितिमा रहेको यसलाई विस्तारै सहजता तर्फ कसरी लैजान सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकलाई आफूहरुले सुझाव दिने अध्यक्ष मल्लले बताए ।
अर्थतन्त्र चलायमान बनाउनका लागि खोप जरुरी रहेको भन्दै उनले पहिले खोपको विषयलाई राज्यले प्राथमिकता दिनु पर्ने बताए । खोपलाई बेवास्ता गरेर अन्य मौद्रिक उपायहरुका कारणमात्रै अर्थतन्त्र चलायमान हुननसक्ने उनको भनाइ छ । राज्यले खोपको व्यवस्था गर्ने र केन्द्रीय बैंकले उचित मौद्रिक उपायहरु ल्याउने हो भने धेरै सहज हुने अध्यक्ष मल्लले बताए ।
चेम्बरले पनि एक दुई दिन भित्रै मौद्रिक नीतिका लागि लिखित सुझाव दिने उनले जानकारी दिए । अहिले निजी क्षेत्रले मुख्य गरी दुई विषयहरु उठान गर्ने देखिएको छ । एउटा ब्याजमा छुट र अर्को ऋण पुनर्तालिकीकरण । कोरोनाका कारण गत वर्ष लामो समय लकडाउन भयो ।
यस वर्ष पनि वैशाख १६ देखि सुरु भएको बन्दाबन्दी अहिलेसम्म पनि पूर्ण रुपमा खुलेको छैन । धेरै व्यापार व्यवसाय कोरोनाका कारण बन्द नै हुने अवस्थामा पुगेका छन् । धेरै उद्योग व्यवसायहरु थला परेको र उनीहरुलाई उठाउन मौद्रिक नीतिमार्फत केही सहजता प्रदान गरिनु पर्ने निजी क्षेत्रको माग छ ।
चेम्बर अध्यक्ष मल्ल मुख्य माग भनेको साँवा ब्याज तिर्ने समय रिसेड्युल गर्नुपर्ने र ब्याजमा ५० प्रतिशत छुट दिनु पर्ने रहेको बताउँछन् । ‘बन्दाबन्दीमा सरकारले केही गरे, यो समयमा कम्तिमा ब्याजदरमा ५० प्रतिशतमा छुट दिनु पर्यो भन्ने हाम्रो माग छ’ उनले भने, ‘यो सुविधा पनि बैंकले होइन राज्यले दिनु पर्छ ।’
यसअघि पनि आश्वासन धेरै आएको तर कार्यान्वयन पक्ष भने फितलो हुने गरेको भन्दै उनले यसतर्फ पनि ध्यान दिएर मौद्रिक नीति तर्जुमा गर्नुपर्ने बताए । कर तिर्न सक्नेले तिर्नैपर्ने र नसक्नेलाई सहजता प्रदान गर्नुपर्ने पनि उनको माग छ ।
गत वर्ष पनि सरकारले कोरोना प्रभावित व्यवसायहरुलाई राम्रै सुविधा दिएको थियो । खासगरी पुनरकर्जाको सुविधा राष्ट्र बैंकले दिएपछि निजी क्षेत्र गत वर्ष खुसी नै थियो ।
तर नीतिमा समावेश भएका व्यवस्थाहरु तल्लो तहसम्म भने नपुगेको अध्यक्ष मल्लको गुनासो छ । गत वर्ष निकै राम्रो मौद्रिक नीति आएको थियो तर साना तथा मझौला उद्योगीहरुले पाएनन् ।
बोलेको कुरा समेत कार्यान्वयन नभएको भन्दै उनले भने, ‘साना तथा मझौला व्यवसायहरुमा धेरै आफैं उद्योगी र आफैं श्रमिक छन्, यस्ता उद्योग व्यवसायहरुलाई हामीले उठाउनु पर्यो ।’ बैंकहरुले लिने स्प्रेडदर र सेवा शुल्कका विषयमा पनि केही सहजता मौद्रिक नीतिले ल्याउने उनको विश्वास छ ।
‘कसैलाई साढे चार प्रतिशतसम्म सेवा शुल्क लिने कसैलाई सस्तो गर्ने चलन छ, साना(ठूला सबैलाई समान तरिकाले हेर्नुपर्यो अनि रुग्ण उद्योगहरुलाई सर्भिस चार्ज नै नलिई ऋण दिनु पर्यो’ उनले भने ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




