रोटरी क्लव अफ पोखरासहित ७ क्लवद्वारा मध्य नेपाल नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

-



     सफल आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित



पोखरा, १५ असार । रोटरी क्लव अफ पोखराले मध्य नेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

क्ल्वका महासचिव राे.भुपालजंग कुँवरले रोटरी क्लव अफ पोखरा तथा अन्य ६ वटा रोटरीको तर्फबाट स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

मध्य नेपाल नगरपालिकाका लागि हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा ३ वटा अक्सिजन सिललिण्डर, १ कन्सन्ट्रेटर, १ थर्मो गन र १ अक्साेमीटर रहेको छ । यी सामग्री रोटरी क्लव अफ पोखराकोतर्फबाट महासचिव कुँवरले प्रदान गरेका हुन ।

यस्तै संयुक्त रूपमा राेटरी क्लव अफ पाेखरासहित सात रोटरी क्लवको तर्फबाट उपलव्ध गराईएको सेनिटाईजर ५ लीटर, सर्जिकल मास्क १५ सय, ग्लोव्स १ सय र पीपीई ९ थान रोटरियन कुँवरले हस्तान्तरण पाण्डेलाई हस्तान्तरण गरे ।