
काठमाडौं, १६ असार । सिद्धार्थ क्यापिटल लिमिटेडको आजबाट ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ (सिस्टमेटिम इन्भेष्टमेन्ट स्किम)को २ करोड इकाईको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सिद्धार्थ क्यापिटलले बिक्रीमा ल्याएको उक्त स्किमको प्रतिइकाई मूल्य १० रुपैयाँको दरले २० करोड रुपैयाँ बराबरको २ करोड इकाई रहेको छ जो खुल्लामुखि योजना हाे ।
स्किमको ५ प्रतिशत इकाई योजनाको व्यवस्थापक सिद्धार्थ क्यापिटल तथा १० प्रतिशत इकाई कोषको प्रवर्धक रहेको सिद्धार्थ बैंकको बिज पूँजीको लागि लगानी हुनेछ । बाँकी हुन आएको इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन ।
यस योजनाका लागि लगानीकर्ताहरुले घटीमा १०० तथा बढीमा २० लाख इकाईका लागि आवेदन दिन पाउने भएका छन् ।
आजबाट निष्काशन तथा बिक्री खुल्ला गरिएको इकाईका लागि चाँडोमा असारको २० गते तथा ढीलोमा असार ३० गतेसम्म आवेदन सकिने भएको छ ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु तिनका शाखा कार्यालयबाट, सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको मेरो सफ्टवेयर अनलाइनमार्फत सि-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
इकाईको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




