
काठमाडौं, १६ असार । साताको चौथो दिन बुधबार शेयर बजार सकारात्मक लयमा देखिएको छैन । हुन त बजार बन्द हुँदाको समयसम्म यूटर्न हुने संभावना कायमै हुने भएपनि दिउँसो १ बजेसम्म आउँदा नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको छ ।
नेप्से परिसूचक ४२.९६ अंकले घटेको छ । यसरी घटेको परिसूचक २७८५.०४ विन्दुमा पुगेको छ । नेप्से १.५२ प्रतिशतले घटेको छ । सेन्सेटिभ इण्डेक्स ८.१३ अंकले घटेर ५१५.५७ विन्दुमा पुगेकाे छ ।
यो समाचार तयार पार्दासम्म कुल २१० कम्पनीको शेयर कारोबार भएको छ । ५४ लाख ११ हजार ३८० कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ४४ करोड ६५ लाख ४८ हजार १३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अहिलेसम्म सबै १३ वटै उपसमूहहरु राताम्मै भएको छन् । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूह राताम्मै भएका हुन । सबैको शेयर घटेको छ ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




