४.१३ अंकले घट्यो नेप्से, कारोबारमा नेपाल इन्स्योरेन्स अगाडि

-



     सफल आवाज    
     असार १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ असार । साताको चौथो दिन बुधबार पनि शेयर बजार सकारात्मक लयमा देखिएन ।
बजार बन्द हुँदाको समयसम्म यूटर्न हुने संभावना कायमै रहने भएपनि बजार बन्द हुँदाको समयसम्म ओरालोको यात्रा तय गर्यो । यसले लगानीकर्ताहरुलाई निरुत्साहित बनाएको छ भने कारोबार रकममा पनि कमि आएको छ ।

केहि समय अघिसम्म बीस अर्ब नजिक पुगेको कारोबार ५ अर्बसम्म झरेको छ । बजारलाई प्रभावित बनाउने कारणहरुमा राजनीतिक अस्थिरता, सरकारमा भईरहने खटपट, कोरोना भाइरसको संक्रमणको कारण जारि निषेधाज्ञा र पछिल्लो पटक नेपाल धितोपत्र बोर्डको बिज्ञप्तिको कारण लय भंग भएको नेप्सेको गतिमा अझैं एकरुपता आउन सकेको छैन ।

नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८७ विन्दुमा पुग्यो । नेप्से ०.१५ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स १.३२ अंकले घटेर ५२२.३७ विन्दुमा पुगेको छ । मंगलबार पनि शेयर बजारमा ४७.४९ अंकको गिरावट देखिएको थियो ।

कुल २२० वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये ७ वटा उपसमूहहरु राताम्मै भएका छन् उनीहरुको शेयर घटेको छ । बाँकी ६ वटा उपसमूहमा हरियाली छाएको छ । उनीहरुको शेयर बढेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअm फण्ड र दगानी उपसमूहको शेयर घटेको हो । यस्तै विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन र अन्य उपसमूहको शेयर बढेको छ ।

बुधबार सबैभन्दा बढी आकर्षण फाइनान्स उपसमूहतर्फ देखिएको छ । यो समूहको सूचक ५.८१ पतिशतले बढेको छ । त्यसपछि विकास बैंकको ३.३७ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ३० करोड ४२ लाख ५८ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।