नबिल बैंकले पायो युनाइटेड फाइनान्सलाई प्राप्तिको अनुमति

-



     सफल आवाज    
     असार १७ गते २०७८ मा प्रकाशित




काठमाडौं, १७ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकले मंगलबार नबिललाई मर्जर तथा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुबै कम्पनीबीच प्राप्तिका लागि गएको वैशाख १७ गते हस्ताक्षर भएको थियो भने असार ५ मा भएको विशेष साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्तावलाई पारित गरिएको थियो ।

नबिल बैंकले १०० बराबर ३५ कोे शेयर स्वाप अनुपातमा युनाइटेडलाई प्राप्ति गर्न लागेको हो । प्राप्तिपछि युनाइटेडको १०० कित्ता शेयर हुने शेयरधनीले नबिलको नामबाट ३५ कित्ताा शेयर पाउने छन् ।

नबिलको युनाइटेड फाइनान्सलाई प्राप्तिपछि चुक्ता पूँजी १३ अर्ब ८५ करोड रुपैयाँ हुने भएको छ ।