तनहुँमा पहिरोमा परी २ को मृत्यु, ३ घाइते

-


     सफल आवाज    
     असार १७ गते २०७८ मा प्रकाशित


तनहुँ, १७ असार । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले २ जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए। सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण ४ घर जोखिममा रहेको उनले बताए ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए। घरमाथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताइन् ।