
काठमाडौं, १७ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा ७ हजार १ सय ३० जनाको पिसिआर तथा ३ हजार ८ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः १ हजार ८ सय ५७ र ९ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।
सोही अबधिमा देशभर ३३ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार १ सय ४५ जना सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै सोही अबधिमा देशभर ४ हजार १७ जना उपचारपछि निको भइ घर फर्किएका छन् । सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।
हालसम्म ६ लाख १४९ जना सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




