मनकामनाको आईपीओमा आकर्षण, १२ लाख आवेदन

-



     सफल आवाज    
     असार १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आवेदककाे आकर्षण बढेको छ । ३६ हजार चाहिनेमा साढे ३९ लाख आवेदन परेको छ।

शुक्रबार ३ बजेसम्ममा लघुवित्तको आईपीओमा ११ लाख ७९ हजार ७१२ जनाले आवेदन दिएका हुन्। लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ। निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन्।

असार १७ गतेदेखि बिक्री खुला भएको लघुवित्तको आईपीओमा असार २१ सम्म आवेदन दिन सकिनेछ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार लघुवित्तको आइपीओमा १ करोड ५७ लाख २० हजार १२० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

यो लघुवित्तले सर्वसाधारणको लागि छुट्टाएको ३ लाख ६३ हजार ४९२ कित्ताकाको ४३.२५ गुणा बढी हो।