१०३ औषधि उद्योग दर्ता, ६६ वटामात्रै सञ्चालनमा

-



     सफल आवाज    
     असार २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० असार । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत अध्ययन प्रतिवेदन–२०७७’ यस्तो देखाएको हो ।

उक्त प्रतिवेदन अनुसार नेपालको औषधि व्यवस्था विभागमा चालू आर्थिक वर्षको वैशाख १२ गतेसम्ममा १०३ औषधि उद्योग दर्ता छन्, जसमध्ये ६६ ओटा उद्योग मात्र पूर्ण सञ्चालनमा रहेका हुन् । यी उद्योगले उत्पादन र विक्री दुवैका लागि लाइसेन्स पाएको विभागले जानकारी दिएको छ । यस्तै ३३ उद्योग उत्पादन उद्देश्यका लागि लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा छन् भने दुवै लाइसेन्स पाएका चार उद्योग प्राविधिक कारणले सञ्चालनमा नरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश अनुसार ६६ उद्योगमध्ये ४ ९६।०६ प्रतिशत० उद्योग प्रदेश १ मा, १४ ९२१।२१ प्रतिशत० प्रदेश २ मा, बागमती प्रदेशमा ३७ ९५६।०६ प्रतिशत०, गण्डकी प्रदेशमा २ ९३।०३ प्रतिशत० र लुम्बिनी प्रदेशमा ९ ९१३।६३ प्रतिशत० रहेका छन् । अन्य प्रदेशहरूमा कुनै औषधि उद्योगहरू दर्ता नभएको अध्ययन प्रतिवेदनले देखाएको छ ।