सोमबार सुनचाँदीको मूल्य स्थिर

-



     सफल आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ असार । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरि स्थिर रहेर छापावाला सुन तथा चाँदी आईतबारकै मूल्यमा काराेबार भईरहेको छ ।

आईतबार रुपैयाँ २०० ले बढेर छापावाला सुन प्रतितोला ९१ हजा ५०० रुपैयाँ कारोबार भएको थियो । आज सुनको सोहि मूल्य कायम भई कारोबार भईरहेको छ ।

तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।